वालिङ, १४ मंसिर ।
सामाजिक सेवामा क्रियाशिल अन्तराष्ट्रिय संस्था सक्षम वालिङ सिबिटेन क्लवको दोस्रो पदस्थापन वालिङमा सम्पन्न भएको छ ।
दोस्रो अधिवेशनवाट निर्वाचित कमल उपाध्याय को अध्यक्षतामा निर्वाचित पदाधिकारी सहित सदस्यहरुलाई शनिवार वालिङ ६ स्थित नेचुरल भ्यू प्वइन्ट होटलमा आयोजित कार्यक्रमका विच पदस्थापन गरिएको छ ।
पदस्थापन कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले सबैको सक्रियताले नै समाजमा परिवर्तन ल्याउन सकिने बताउदै वालिङमा क्रियाशिल रहेका सम्पूर्ण सामाजिक संघ संस्था र क्लवको सहकार्यवाट समाज रुपान्तरण गर्न सकिने बताएका थिए । नगरपालिकामा क्रियाशिल सबै संघ संस्था सहकार्य गर्न समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा सिबिटेन क्लवका राष्ट्रिय गभर्नर दीपक भण्डारीले क्लवका बारेमा जानकारी गराउनुका साथै क्लवका पदाधिकारीहरुलाई पदस्थापन गराएका थिए ।कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराई लगायतले बोलेका थिए । क्लवका अध्यक्ष मन्जु सेबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर सुवेदीले र सञ्चालन सचिब सीता काफ्लेले गरेका थिए ।