काठमाडौं १६ कात्तिक ।
गृह मन्त्रालयले देशभरका सिडीयोहरुको कार्य सम्पादन मुल्याँकन सम्झौता गरेर जिम्मेवार तोकेका छन्। अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ। यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो।
मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग गत वर्ष सम्झौता गरेको थियो। माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर मन्त्रालयले सिडिओहरुको प्राप्तांक, प्रतिशत र ग्रेडिङ सार्वजानिक गरेको छ। यसबाट सिडिओहरुबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले तयार गरेको ७७ जिल्लाका सिडिओहरुको रिपोर्टकार्डअनुसार पाँच जिल्लाका सिडिओले ए प्लस ग्रेड ल्याएका छन्। त्यसैगरी ३५ जिल्लाका सिडिओले ए, २८ जिल्लाका सिडिओले बी प्लस, ६ जिल्लाका सिडिओले बी र तीन जिल्लाका सिडिओले सी प्लस ग्रेड प्राप्त गरेका छन्।
बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ, अर्घाखाँचीका प्रेमलाल लामिछाने, रसुवाका कृष्ण पौडेल र अर्जुन भण्डारी, चितवनका जितेन्द्र बस्नेत र रुपन्देहीका उदय राना र अर्जुन पोखरेलले ए प्लस ग्रेड ल्याएका छन्। कुरुम्बाङ अहिले स्याङ्जा सरुवा भएर आएका हुन ।उनले ९२.१६ प्रतिशत अंक छ । स्याङ्गजाका कोशहरी निरौला भने बी ग्रेड सहित ७२ औ नम्बरमा परेका छन् ।
छिमेकी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी।सिडीयो०हरु गुरुदत्त ढकाल र कल्पना घिमिरे नेपालले बी प्लस ग्रेड पाएका छन ।
पर्वतका दुई सिडीयोले माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन ७९.२९ प्रतिशत अंक ल्याएका छन । पर्वतमा माघ देखि जेठको अन्त्य सम्ममा गुरुदत्त ढकाल र असारपछि कल्पना घिमिरे नेपाल सिडीयोको रुपमा कार्यरत छन ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिला अधिकारीले भने ए ग्रेड ल्याएका छन । उनले ८७.३७ प्रतिशत अंक ल्याएका छन । मुस्ताङ्गका गंगाबहादुर क्षेत्रीले पनि ए ग्रेड पाएका छन । उनले ८४.२९ प्रतिशत अंक छ । बाागलुङ्गका तत्कालिन प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बी प्लस ग्रेड पाएका छन । उनको ७४ं.६५ प्रतिशत छ । कास्कीका चक्रबहादुर बुढाले ए ग्रेड पाएका छन उनको ८२.८३ प्रतिशत छ ।
७७ जिल्ला मध्ये पर्वत ४६ औं नम्बरमा परेको छ भने म्याग्दी १५ र मुस्ताङ्ग २३ नम्बरमा छ भने बागलुङ्ग ६२ नंवरमा परेको छ ।