स्याङ्जा २५ असोज ।
विश्व अण्डा दिवसको अवसर पारेर खुमा अर्याल फाउण्डेशनले जिल्ला अस्पताल स्याङ्जामा उपचाररत विरामीलाई अण्डा बितरण गरेको छ ।
खिलुङ् कालिका एग्रो फर्म र फाउण्डेशनको संयुक्त आयोजनामा अस्पतालमा भर्ना भएका १० जना विरामीलाई जनही एक/एक क्यारेट अण्डा प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।
साथै, ओपीडीका बिरामीलाई पनि जनही २/२ वटाका दरले अण्डा उपलब्ध गराएको छ ।अस्पतालका प्रमुख डा. सुशिल मरासिनी, डा. नारायण गोदार, खिलुङ कालिका एग्रो फार्मका प्रमुख कार्यकारी अधिकृत डोलराज ढकाल र फाउण्डेशनका सचिव धु्रव शर्माले विरामी र उपचारका लागि आएका बिरामीलाई संयुक्तरुपमा अण्डा वितरण गरिएको हो ।