स्याङ्जा, १ असोज ।
दाउरा समाउने क्रममा राम्दी स्थित कालीगण्डकी नदीमा एक जना बेपत्ता भएका छन् । बगनासकाली गाँउपालिका ६ दर्पुकका ४० वर्षीय गुरु बहादुर बोटे नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुई दिनदेखि निरन्तर परेको झरीले नदीमा बगाएर ल्याउने दाउरा समाउने क्रममा बोटेलाई नदीले बगाएको हो ।
बेपत्ता बोटेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।