श्रीकृष्ण सिग्देल
स्याङ्जा—२१, भदौ
संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्ष हटाएर हिन्दु राष्ट्र निर्माण गर्न वालिङमा आज आयोजित विश्व हिन्दु महासंघ वालिङ नगर अधिवेशनको उद्घाटन कार्यक्रममा वोल्ने वत्ताहरुले माग गरेका छन् । सदियौंदेखि सनातन धर्म सगै हिन्दुत्व जोडिएको मुलुक नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर बनेको संविधान दिगो नहुने बक्ताहरुले बताएका हुन् ।
नेपाललाई जनताको भावना विपरित हिन्दु राष्ट्र हटाएर धर्मनिरपेक्ष राष्ट्र वनाइदा हिन्दुहरुको भावनामा चोट पुगेको समेत वताएका थिए । नेपाली जनताको अभिमतालाई एकातिर धन्काएर ल्याएको धर्मनिरपेक्षता हामीलाई मान्यता हुने छैन विश्वहिन्दु महासंघ नेपालका सल्लाहकार तथा प्रर्खर बक्ता चिन्तामणि योगीले भने, “दलिय भागण्डाका आधारमा नेपालको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषण गर्ने अधिकार कसैले दिएको छैन ।”
प्रजातन्त्र देखि लोकतन्त्रका निम्ति लडेका नेपाली जनतालाई झुक्काएर ल्याइएको संविधानबाट धर्म निरपेक्ष नहटाइएमा संविधान दिगो हुनेवाला छैन । गाई माता बचाउ, सिमाना बचाउ, नदी बचाउ तर धर्मको नाममा परिवर्तनको आगो निभाउ, योगीले भने, “धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश अस्थीर अवस्थामा घुमेको छ ।” सस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ त्यसैले हाम्रो संस्कृति, संस्कार र धर्म बचाउन सबै लाग्नु पर्छ । मुलुकलाई धर्म निरपेक्ष हटाएर हिन्दु राज्य घोषणा गर्न सबै एक हुनुपर्ने धारणा योगीको थियो ।
?
मुलुकमा हत्या, हिंसा, अत्यचार, बलात्कार, भष्ट्रचार बढिरहेको भन्दै यसको अन्त्यनै हिन्दु संस्कार मात्रै हुने दावी उनीहरुको छ । कार्यक्रममा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष भरत पौडेलले जनताले हिन्दु राज्य हटाउन मत नदिएको जिकिर गर्दै आगामी दिनमा हिन्दु विरोधी उमेदवारलाई मत नदिन आग्रह गरे । हिन्दुराज्य राष्ट्रियता सगँ गाँसिएको छ पौडेलले भने, “गौ हत्या गर्नेदेखि लिएर हिन्दुको संस्कृति प्रति दिनप्रतिदिन प्रहार भइरहेको छ ।” हिन्दु राज्य घोषणा नहुने समय सम्म हाम्रो लडाई निरन्तर रहने पौडेलले बताए । देशभरका हिन्दुहरुको मागलाई दलिय सरकारले पुरा नगरेमा आन्दोलनको आधीबेरी आउने चेतावनी पौडेलले दिए । दुईदिन अगाडी हिन्दुत्वको बर्खिलापमा वोलेका पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई समेत जेल हाल्न पौडेलले सरकार सगँ माग गरे ।
कार्यक्रममा विश्वहिन्दु महासंघका सल्लाहकार चैतन्यकृष्ण महाराज, शंकरप्रसाद पाण्डे, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, विश्व हिनदु महासंघ युवा संगठनका अध्यक्ष सागर थापा, केन्द्रिय सदस्य शंकर खराल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, कास्कीका जिल्ला अध्यक्ष पार्वता पौडेल, जिल्ला अध्यक्ष हरीहर पाण्डे, सचिव पदमप्रसाद पाण्डे र कोषाध्यक्ष सरिता पौडेल लगायतका बक्ताहरुले विभिन्न बहानामा हिन्दु धर्ममाथीको प्रहार शैय नहुने बताएका थिए । विभिन्न जातजातीका झाक्री सहित नगरपरिक्रमा गरिएको थियो । नगर अधिवेसनले सीताराम अधिकारीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।