मिना कंडेल
कावासोती ५, भदौ ।
हुप्सेकोट गाउपालिकाको कार्यलय नजिक प्रहरी चौकी नहुँदा शान्ति सुरक्षामा चुनौति भएको स्थानीयले बताएका छन । हुप्सेकोट गाउपालिका ग्रामिण र पहाडी क्षेत्र भएकाले विभिन्न घटना दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयबाट आईपुग्न अलि समय लाग्ने , कतिपय अवस्थामा प्रहरी नै नआउने गर्दा समस्या भएकाले प्रहरी कार्यालय स्थापना गर्न उनीहरुको माग रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व , जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व र समुदाय – प्रहरी साझेदारी कार्यक्रमको संयुक्त आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा हुप्सेकोटका जनप्रतिनिधी र नागरिकले सो कुरा बताएका हुन । यस्तै नवलपुर जिल्लामा कारागारा नहुदा कैदिलाई राख्न कठिनाइ भएकाले चाडो स्थापना गर्नु पर्नै स्थानियले बताएका छन ।
नागरिकको गुनासोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले हुप्सेकोट गाउपालिकामा ईलाका प्रहरी कार्यालय स्थापना गर्ने भनि माथी प्रतिवेदनहरु पेश गरिएको र सबैको पहल भएमा छिट्टै प्रहरी कार्यालय स्थापना हुने जानकारी गराए । यस्तै डिपिआर वन्ने प्रकृया चलिरहेको हुदा अरु कार्यलय सगै कारागार पनि स्थापना हुनेमा विश्वस्त रहन अनुरोध समेत गरेका छन । फरक प्रसंगमा वोल्दै कार्कीले प्राकृतिक स्रोत उत्खनन नियन्त्रण मा प्रहरी प्रशाषनले मात्र नियन्त्रण गर्न संभव नहुने हुनाले स्थानीय जनप्रतिनिधि एवं बासिन्दाले सहयोग गर्नु पर्नै बताएका छन । ढुड.गा, गिटि र बालुवा उत्खनन गर्दा आफुहरुले के , कति परिमाणमा ठेक्का दिइएको छ सो भन्दा बढि भएको छ वा छैन भन्ने विषयमा अनुगमन गर्न समेत आग्रह गरेका छन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरिक्षक मोहन प्रसाद पोख्रेलले कार्यालयमा तिन महिनाभित्र गरिएको शान्ति सुरक्षासंग सम्बन्धित काम र कार्यालयमा दर्ता भएका मुद्धाहरुको तथ्याङ्क जानकारी गराएका थिए ।