हिमदुत सम्वाददाता
स्याङ्जा—२१, साउन ।
शान्तिका लागि बोलबम यात्रा भन्ने सन्देश लिएर रामनदीधामको जल लिएर हरेक वर्ष देशका विभिन्न ठाँउहरुमा यात्रा गरिरहेको वोलवम समिती वालिङले यस वर्ष मनाङ जिल्लाको तिलिचो तालका लागि गत आइतवार वालिङवाट तिलिचो तालको यात्रा सुरु गरेको थियो । भ्रमण टोली आज मनाङ जिल्लाको चामे पुगेको छ ।
२०६१ सालवाट पवित्र धार्मिक स्थल मुक्तिनाथवाट सुरु गरेको यात्रा १६ वर्ष निरन्तर साउन महिनामा देशका विभिन्न ठाँउहरुमा तिर्थयात्रा गर्दै आएको छ । सरकारले सन. २०२० लाई पर्यटन वर्षको रुपमा मनाइने उद्घोष गरे संगै वोलवम समितीले सरकारको कार्यक्रम सफलताको कामना गर्दै यस वर्ष पर्यटन प्रवद्धनको मुख्य नारा लिएर तिलिचो भ्रमण तय गरेको वोलवम समिती वालिङका अध्यक्ष दिपेन्द्र तिवारीले वताए ।
आइतवारवाट सुरु भएको भ्रमण २३ गते तिलिचो ताल पुग्नेछन । समय तालिका सार्वजनिक गरेको समितीले जनाएको छ । यात्रमा भण्डै ८० जना युवाहरुको सहभागिता हुने समितिका सचिव राजु तिवारीले जानकारी दिए । भ्रमण टोलीले २३ गते तिलिचो तालवाट हिमदुत अनलाईनको औपचारिक सुभारम्भ समेत गर्ने कार्यक्रम रहेको छ ।