वालिङ – २४ वैशाख ।
वालिङ नगरपालिका न्यायिक समितिले मेलमिलापकर्ता प्रोत्साहन स्वरूप नगरपालिका भित्रका १ सय वढी मेलमिलापकर्तालाई कोट उपलब्ध गराएको छ । हाम्रो नगर, हाम्रो शान, हाम्रो समस्या, हाम्रै समाधान भन्ने उद्घोषका साथ सोमवार नगरपालिकामा आयोजना गरिएको मेलमिलापकर्ताका लागि एक दिवसीय अन्तर्कृया कार्यक्रमका विच मेलमिलापकर्तालाई कोट वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला अदालत स्याङ्जाका न्यायाधीश वाशुदेव पौडेलले विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताए ।
‘विवाद समाधनको प्रभावकारी विकल्पको रुपमा मेलमिलापलाई स्थानीय तहमा स्थापित गरिएको वताउदै उनले भने, ‘ मेलमिलापको काम पूण्यको काम भएकाले राम्रोसँग निरुपण गर्नुहोला ।’ गत हप्ता आँधीखोला गाउँपालिकाबाट सुरु गरेको न्यायको क्षेत्रमा पालिका अनुगमनको यात्रा अनुरूपनै आज वालिङ आएको बताउँदै जिल्ला न्यायाधिश पौडेलले नगरपालिकाले यति धेरै मेलमिलापकर्ता उत्पादन गरेको छ, अवस्य पनि न्यायीक सेवा प्रभावकारी ढंगवाट सन्चालन हुन्छ भन्नेमा आफू विश्वस्त रहेको वताए ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले मुद्दा, मामिलामा जान पर्ने अवस्था आउन नदिने गरी स्थानीय तहमा विवाद समाधान गर्न सके नागरिकलाई सहज हुने बताए । उनले भने स्थानीय तहमा न्यायीक क्षेत्रमा काम गर्न पाउनु निकै ठूलो अवसर भएको हुँदा जिम्मेवारी पूर्वक अवसरको सदुपयोग गर्न मेलमिलापकर्तालाई अनुरोध गरे ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक कविता तिवारीले न्याय सम्पादन चुस्त दुरूस्त वनाउन न्यायीक समिति र मेलमिलापकर्ताविच वेलावेलामा गोष्टी, अन्तर्कृया र छलफल गरिरहेको वताईन । विवाद निरूपणका क्रममा अधिकांश विवादमा मेलमिलापकर्ताले मध्यस्थकर्ताको भूमिका खेलेर समाधान गरिएको प्रगति विवरण सार्वजानिक गरिन ।
आर्थिकवर्ष २०८०/०८१ मा जम्मा ६६ वटा मुद्दा दर्ता भएको उपप्रमुख तिवारीले जानकारि दिइन् । जसअनुसार ३४ वटा मुद्दा नगरपालिकामा र ३२ वटा वडाहरुमा रहेको वताईन । अधिकाँश मेमिलापकै माध्यमवाट समाधान भएको वताउदै यसमध्ये ३ वटा मुद्दा जिल्ला अदालत पठाइएको जानकारी दिईन । नगरपालिकाका १४ वडामा गरी १ सय १ जना मेलमिलाप कर्ता रहेको समेत जानकारी दिईन ।
उप प्रमुख तिवारीले स्थानीय तहबाटै विवाद उत्पन्न हुने भएकाले वडाबाटै यसको समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको बताइन् । उनले नागरिकले आफैंले निर्वाचित गरेको जनप्रतिनिधिसँग आफना समस्या राख्न सजिलो हुने भएकाले न्यायिक समितिको कल्पना गरिएको विचार समेत व्यक्त गरिन।
कार्यक्रममा उत्कृष्ठ कार्य गरेवापत हुमकान्त रेग्मी र लुकमाया पाठकलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।