चापाकोट ८ असार
चापाकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९ ०८० का लागि नीति तथा कार्यक्रम वुधवार सार्वजानिक गरेको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनवाट निर्वाचित नगर प्रमुख देव वहादुर खाँणले आगामी आ.व.का लागि समग्र चापाकोटको विकासका लागि समेटेर नीति तथा कार्यक्रम सार्वजानिक गरेका छन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा अघिल्लो सरकारले लिएको महत्वपूर्ण योजनालाई निरन्तरता दिएको छ । भने शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासमा नीति तथा कार्यक्रमले जोड दिएको छ । कृषिमा आधुनिकिकरण, पर्यटकीय सम्भावना भएको क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको सुधार र औद्योगिकरणको विकासलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगरपालिकाले चापाकोटमा अक्सिजन प्लान्ट स्थापना, फोहरमैला व्यवस्थापन, जलविद्युत उत्पादनको सम्भाव्यता अध्यायन, हवाईमैदान, तथा सबै वडामा पुग्नको लागि पहुँच मार्गलाई स्तरोन्नती गर्ने लक्ष्य लिइएको नगर प्रमुख खाँणले प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
निती तथा कार्यक्रमको पूर्ण पाठ यहाँ क्लीक गर्नुहोस
https://drive.google.com/file/d/1A-0BZehyxLcybFj9ox8V6x6eOCoT-sV7/view?usp=drivesdk