स्याङ्जा — वालिङ नगरपालिकास्थित माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका फोकल शिक्षकहरुकालागि प्राथमिक उपचारसम्बन्धी दुई दिने तालीम शुरु भएको छ । नवजागरण गैह« सरकारी संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा तालीम सञ्चाल भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले विद्यालयहरुमा प्राथमिक उपचारकालागि यस तालीमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । झट्ट हेर्दा सामान्य देखिएपनि प्राथमिक उपचार जीवन रक्षाकालागि उपयोगी हुने भएकाले यहाँ सिकेका सिपलाई विद्यालयमा प्रयोग गर्न पनि शिक्षक प्रतिनिधिहरुलाई नगर प्रमुख खाँणले सुझाव दिए ।
कार्यक्रममा नवजागरण संस्थाका सल्लाहकार लक्ष्मीप्रसाद रेग्मी, वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव तिलक पराजुलीले गरेका थिए ।