नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारी
१५ फागुन,स्याङ्जा —नेपाली काङ्ग्रेस स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ को पार्टी कार्यालय आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन भएको छ।
नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो पार्टी कार्यालयको स्थापना गरी नेपाली काँग्रेस केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीको प्रमुख अतिथ्यतामा उद्घाटन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी सरस्वती अर्याल तिवारीले सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसङ्गै सबै नेता तथा कार्यकर्ता सक्रिय रुपमा लाग्नुपर्ने बताइन । तिवारीले वडा नम्बर १ कार्यसमितिले आफ्नो पार्टी कार्यलय स्थापना गरेकोमा प्रसंशा व्यक्त गर्दै स्थानिय निर्वाचनमा पनि पार्टी निर्वाचित हुनेछ भन्दै शुभकामना व्यक्त गरेकि थिइन ।
नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य कविता गैह्रे
त्यस्तै गण्डकी प्रदेश सदस्य कविता गैह्रेले कार्यक्रममा बोल्दै वडा कार्यसमितिले पार्टी कार्यलयको उद्घाटन गरेकोमा प्रसंशा व्यक्त गर्दै अबका दिनहरूमा काङ्ग्रेसलाई थुप्रै चुनौती रहेकाले सबैले आफूभित्रका रहेका कमी तथा कमजोरीहरू सुधार गरेर अगाडि बढ्न उनले सबै नेता कार्यकर्तालाई आग्रह गरेको थिइन ।
उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जा जिल्ला उपसभापति केदार काफ्ले , नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति (क्षेत्र न २ स्याङ्जा ) दिलिप प्रताप खाण, क्षेत्र न २ प्रदेश `क´ सभापति अर्जुन खनाल, वालिङ नगर कार्यसमितिका सभापति नेत्र प्रसाद पाण्डे लगायतका नेताहरुले वडा कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता
पछिल्लो समय नेपाली काँग्रेस पार्टिलई बलियो तथा सुदृढीकरण गर्ने उद्देश्यका साथ वालिङ नगरपालिकाको प्रत्येक वडा–वडामा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काङ्ग्रेस वालिङ नगरकार्यसमिती सक्रिय बनेको छ ।
वडा सभापति तोयनारायण रेग्मि (राजु)को सभापतित्व र वार्ड सचिव डोलराज पौडेलको संचालनमा कार्यक्रम समापन भएको थियो ।