भवानी अधिकारी
स्याङ्जा, २१ पुस । विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, दिवसका रुपमा मनाउन नेपाल सरकारसंग माग गरेको छ । संघका अध्यक्ष नवराज पौडेलले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै एकता दिवसका रुपमा मनाउन आग्रह गरेको हो ।
संघका पदाधिकारी सहित वालिङ् इलाका प्रशासन कार्यालयमा पुगेर अनुरोध पत्र बुझाएका छन । ज्ञापनपत्र बुझाउन केन्द्रिय सदस्य डण्डपानी पंगेनी, युवा समाजसेवी प्रेम गुरुङ लगायतका सहभागी थिए।
कार्यालयका सूचना अधिकारी सुवास पौडेललाई अनुरोध पत्र बुझाउदै पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारसंग पुस २७ गते सार्वजनिक विदा सहित बिभिन्न कार्यक्रम गरी मनाउन आग्रह गरेका हुन् ।
स्याङ्जाका ११ वटै पालिका अन्र्तगतका बिद्यालय तहमा नैतिक शिक्षाका कक्षा तथा संस्कृत भाषाका पुस्तकालय स्थापनाको अभियान विश्व हिन्दु युवा संघ अघि बढीरहेको जानकारी गराए।