हिमदुत सम्वाददाता
गल्याङ, २२ असार ।
कालीगण्डकी सेरोफेरो समाज यूकेद्वारा गल्याङ नगर अस्पताललाई आर्थिक सहयोग गरेको छ । समाजले कोरोना भाइरस (कोभिड १९) विरामीलाई उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले गल्याङ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई एक लाख १० हजार रुपैयाँ सहयोग गरेको हो ।
आइतबार भएको कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमसिंह रानाले सहयोग रकमको चेक अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक न्यौपानेले संस्थाको सहयोगले विरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले प्राप्त रकमको सही सदुपयोग गरी विपन्न परिवारको उपचारमा खर्च गरिने जानकारी दिए । कार्यक्रममा समाजका अध्यक्ष प्रेमसिंह रानाले महामारीको रुपमा रहेको कोरोना भाइरसको नियन्त्रण तथा उपचारका लागि संस्थाले पहल गरेको जानकारी दिए ।
संस्थका सचिव हेम थापाको पहलमा संकलन भएको रकम अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।