हिमदुत सम्वाददाता,
वालिङ, २५ जेठ ।
कोरोना संक्रमण वढदै गइरहेको वेला स्थानीय सरकारका प्रतिनिधिहरु यति वेला संक्रमितको पहिचान र उपचारमा जुटिरहेका छन् । देशमा विपत परिरहेको वेला विपतको सारथी वन्दै स्याङ्जामा नेपाल विद्यार्थी संघले कोभीड विरुद्धको अभियानमा नेपाल विद्यार्थी संघको साथ भन्ने अभियान लिएर स्थानीय पालिकाहरुमा रहेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेको छ ।
यसै क्रममा पश्चिम स्याङ्जाको कालीगण्डकी गाँउपालिका स्थित विर्घा स्वास्थ्य चौकीलाई विद्यार्थीहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयको नेतृत्वमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । ने.वि.संघले स्वास्थ्य चौकीलाई आवश्यक पर्ने सर्जिकल सामाग्री र औषधी स्वास्थ्य चौकीका अध्यक्ष चक्रपाणी पाण्डे र स्वास्थ्य चौकी प्रमुख एकवहादुर थापालाई हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा तरुण दल कालीगण्डकी गाउपालिकाका अध्यक्ष यादव पाण्डे, हेल्लो विर्घा समुहका अभियान्ता अनन्त पाण्डे, कृष्ण पाण्डे र सुवास गैह्रेको समेत उपस्थिती रहेको थियो । यस अघि गल्याङ नगरपालिकामा पनि विद्यार्थी संघले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।