कोरोना संक्रमण वढ्दो अवस्थाका विच अहोरात्र विरामीको सेवामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि भीरकोट नगरपालिकाका तरूण दलका नगर अध्यक्ष राजकुमार गुरूङले वालिङ स्थित गह्रौ प्राथमिक अस्पतालमा पानी तथा जुस सहयोग हस्तान्तरण गरेका छन् ।
भीरकोट जेसीजमा समेत आवद्ध समाजसेवी गुरूङ जेसीजको विपतमा हामी अभियानका एक अभियान्ता पनि हुन् । दैनिक विपतमा परेका विरामीको सेवामा जुटेका गुरूङले अस्पतालमा विरामी संगै रात दिन नभनि क्रियाशिल स्वास्थ्यकर्मीका लागि व्यक्तिगत रूपमा ५० कार्टुन पानी र जुस सहयोग गरेका हुन् ।
देस कोरोना महामारीको चपेटामा परेको वेला हामी नागरिकको समाज र जनता प्रतिको सामाजिक उत्तरदायीत्व वहन गर्न आवश्यक छ ,
´हामी तरूण यूवा घरमै सुतेर वस्ने हो भने संक्रमण नियन्त्रण गर्न कठिन र मानविय क्षति वढि हुन्छ तसर्थ हामीले आफ्नो जिम्वेवारीवाट पन्छन हुदैन । `
सामाजिक अभियान्ता गुरूङ यतिवेला कोरोना संक्रमितलाई उपचारको प्रवन्ध मिलाउने, विपन्नका लागि स्वास्थ्य सामाग्री, यातायातको व्यवस्थापन लगायत संक्रमणवाट मृत्यू भई दाहसंस्कार गर्ने मान्छे नभएमा दाहसंस्कारमा समेत सहयोग गर्दै आईरहेका छन ।