सबिन डोटेल
नेपालमै माहामारीको रुपमा फैलिएको कोरोना बाट स्याङ्जा जिल्ला चापाकोट नगरपालिका पनि अछुतो रहनसकेन ।
यसै बिच चापाकोट नगरपालिकाका कार्यपालिका सद्स्य सुर्य माझि पनि कोरोना संक्रमीत बन्न पुगे। हर बखत स्थानीय जनताको सेवामा तल्लिन माझी आज कोरोना संगको लडाइँमा १८ अाै दिन पार गरेकाे बताएका छन्।
यहि समयमा अाज वडा नं १० मा अाएकाे वर्षा , हावा,हुरिका कारण गाउँमा १ घरमा क्षेति पुगे पछि जन प्रतिनिधि माझीको अगुवाईमा स्थानीय युवाको सहयोगमा घर मर्मत गरिएको हो। माझी नेपाली कांग्रेस चापाकोटका नेता समेत हुन ।
सामाजिक सेवामा सकृय रुपमा अग्रसर भैइ रहदा जस्तोसुकै परिस्थितिमा पनि जनप्रतिनिधि आफ्नो जिम्मेवारी बाट पछी हट्न नहुने भन्दै आफुले उत्तरदायित्व बहन गरको माझीले बताएका छन् ।