गल्याङ, १८ जेठ । खुमा अर्याल फाउण्डेशनद्वारा गल्याङ नगरपालिका ७ मा आगलागी पीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।
गत चैत्र १३ गते गल्याङ नगरपालिका ७ पेलाकोटमा आगलागीबाट घर जलेर नष्ट भएको थियो । आगलागीवाट धनसम्पती सहित अन्नपात समेत जलेर नष्ट भएको थियो भने, दुवै घरपरिवार विस्थापित हुन पुगेका थिए । उक्त खवर प्राप्त हुनासाथ फाउन्डेसनले तिस हजार बराबरको खाद्यान्न र नगद रु पन्ध्र हजार पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ ।
पीडित परिवारलाई सहयोग गर्दै फाउण्डेशनका संरक्षक भेषराज अर्यालले आगलागीका कारण घरवारविहीन भएर बसेका पीडितहरुलाई हौसला प्रदान गर्न र उनिहरुलाई खाद्यान्नको अभाव नहोस भनी उक्त सहयोग प्रदान गरेको बताए ।
युवा उद्यमी तथा समाजसेवी भीरकोट नगरपालिका निवासी खुमा अर्यालको नाममा स्थापना गरिएको फाउण्डेशनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने प्राथमिकता भएपनि जिल्लामा विपतमा परेका वेला सवै क्षेत्रमा सहयोगी वन्दै आईरहेको छ ।
यस अघि स्याङ्जामा कोरोना संक्रमणको जोखिमवाट बच्नका लागि स्वास्थ्य वितरण गरेको थियो ।
फाउण्डेशनको सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसमा महाधिवेशन प्रतिनिधि गुरु भट्टराई, वालिङ जेसीजका अध्यक्ष विश्वास लम्साल, समाजसेवी ठाकुर पाठक, टुकराज पाठक,सौ नारायण गुरुङ खोम गुरुङ लगायतका उपस्थिती रहेको थियो ।