तोलाकान्त बगाले
वालिङ ; यहाँका एक परिवारले गह«ौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
स्याङ्जाको वालिङ ८ घर भई हाल हङकङमा बस्दै आएका मोहन गुरुङ (तिला) र बीना गुरुङले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन। उक्त परिवारले बुवा यामबहादुर गुरुङमार्फत वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई सामग्री उपलब्ध गराएका हुन । नगरपालिकाले गह«ौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन कक्षमा प्रयोग गर्ने गरी सहयोग गरेको बुवा यामबहादुर गुरुङले बताए ।
विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमण वालिङमा पनि उच्च दरमा रहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि वालिङस्थित अस्पताललाई अत्याधुनिक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको बुवा यामबहादुर गुरुङले बताए ।
“हामीले उपलब्ध गराएको स्वास्थ्य सामग्री कोभिडका समयमा र पछिल्लो समयमा पनि उत्तिकै उपयोगी हुने गरी उपलब्ध गराएका छौं” उनले भने, “आगामी दिनमा पनि अस्पताललाई आवश्यक पर्ने सहयोगहरु गर्दै जानेछौं र अहिले उपलब्ध स्वास्थ्य सामग्रीको सही सदुपयोग होस् भन्ने चाहन्छौं ।”
अस्पतालका प्रमुख डाक्टर सरोज थापाले सहयोगी दाताले अस्पताललाई आवश्यकता खड्केको सामग्री उपलब्ध गराएर बिरामीहरुको उपचारलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए । उनले अस्पताललाई उपयोगी हुने सामग्रीहरु प्राप्त भएकाले यसको सही सदुपयोग गर्दै बिरामीको जीवनरक्षाका लागि महत्वपूर्ण रहेको धारणा ब्यक्त गरे ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकासँगै विभिन्न सहयोगीहरुले गर्नुभएको सहयोगले झन हौसला थपेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन ।
नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा प्रयोग गर्ने गरी उपयोगी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर नगरपालिका तथा अस्पताललाई ठूलो गुन लगाउनुुहुने दाताहरुप्रति बिरामीहरुको आशिर्वाद लाग्ने नगर प्रमुख खाँणले धारणा ब्यक्त गरे ।
बिरामी परीक्षण गर्ने मोनिटर ५ थान, ह्वील चियर १० थान, स्टे«चर १० थान, १०० लिटरको अटोक्लेम मेसिन १ थान, पिपिई सेट १०० थान, बिरामी बोक्ने ट्रली २ थान, एण्टिजिन टेष्ट कीट ५० पिस, एन नाईन्टी फाईभ मास्क ३०० थान अस्पताललाई उपलब्ध गराईएको थियो ।