हिमदुत सम्वाददाता खुमा अर्याल फाउण्डेसनद्वारा जिल्ला कारागार स्याङ्जाका कैदी वन्दिको सुरक्षा कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेसनले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गरि अभियानमा लागेका नेपाल तरुण दल भिरकोट , वालिङ जेसिज र भिरकोट जेसिजको संयुक्त उपस्थितिमा जिल्ला कारागार स्याङ्जामा स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
फाउण्डेसनले एक हजार थान माक्स , दुई थान अक्सिजन मिटर, पाँच सय थान पन्जा साथै तीन सय थान हेण्ड सेनिटाइजर कैदी बन्दी र उनीहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि सामाग्री हस्तान्तरण गरिएको फाउण्डेशनका संरक्षक भेषराज अर्यालले जानकारी दिए ।
सामाग्री हस्तान्तरणगर्दै संरक्षक अर्यालले कोरोना संक्रमण उतणच गतिमा फैलिएकाले स्वास्थ्य मापदण्ड अपनाउन सवैलाई अनुरोध गरे । महामारीको यो अवस्थामा फाउन्डेसनले जिल्लाका विभिन्न संघ संस्थाहरुमा पनि कोरोना नियन्त्रण र रोकथामका लागि सहयोग गरिने याचना समेत गरेका थिए ।
फाउन्डेसनका कोषाध्यक्ष सालिकराम अर्यालले सबै तहमा कोरोना नियन्त्रणका सामाग्री हस्तान्तरण गर्दै गर्दा कारागारमा रहेका व्यक्ती तर्फ कसैको ध्यान नगएको हुनाले फाउन्डेसनले प्राथमिकतामा राखेर यहाँ स्वास्थ्य सामाग्री लिएर आएको जानकारि दिए । अर्यालले कुनै पनि सहयोग चाहिए फाउन्डेसनले सहयोग गरिरहने बताए ।
स्याङ्जा कारागारका जेलर चुडामणी भण्डारीले कोरोना माहामारिका बेला स्याङ्जा कारागारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
फाउण्डेसनले कोरोना संक्रमितलाई स्वास्थ्य संस्थामा उपचारका लागि व्यपस्थापन र संक्रमण नियन्त्रणका लागि निरन्तर क्रियाशिल वालिङ जेसिज र भिरकोट जेसिज मार्फत पनि समुदाय तथा संघ संस्थाका लागि स्वास्थ्य सामाग्री व्यवस्था गरिने जनाएको छ ।
फाउण्डेशनले यस्ता विपतका वेला स्याङ्जा जिल्लाका विभिन्न ठाँउहरूमा रचनात्मक सहयोग गर्दै आईरहेको छ । नेपाली काँग्रेसका नेता तथा युवा व्यवसायी स्याङ्जा भीरकोट नगरपालिका ७ निवासी खुमा अर्यालको नाममा शिक्षा र स्वास्थ्यका क्षेत्रमा जिल्ला तथा जिल्ला बाहिर विभिन्न खालको सहयोग गर्ने उद्देश्यले विगत ५ वर्ष अगाडि फाउण्डेशनको स्थापना गरि समाजमा क्रियाशिल हुँदै आईरहेको छ ।