स्याङ्जा ;विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला कार्यसमितिले covid-19 को महामारीमा विद्यार्थी भाइ बैनीहरु घरमा नै बसेका छन् उनीहरुलाई थप रचनात्मक बनाउने हेतुले निबन्ध प्रतियोगिता आयोजना गरेको छ।
निबन्धको शीर्षक “पूर्वीय दर्शनको आधारमा शिक्षा” रहेको छ।विद्यार्थीहरुले जेठ १५ भित्रमा निबन्ध पठाइसक्न पर्ने छ Gmail मार्फत।Gmail id:bishowhinduyuwasanghsyangja@gmail.com ययसमा लेखेर फोटो खिचेर पठाउन सक्ने छन्।निबन्ध प्रतियोगिता स्याङजा जिल्ला मावि स्तरिय (९-१२ कक्षा) रहेको छ।कार्यक्रम को संयोजक: हरी रेग्मी,व्यवस्थापक :कुशल बस्याल,प्रचार प्रसार: मनी सुवेदी रहेको कुरा विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेल ले जानकारी दिएका छन्।
अध्यक्ष पौडेलले जिल्ला भरिका विद्यालयहरुले आफ्ना विद्यार्थी भाइ बैनीहरु लाई उपस्थिति गराइदिनुहुन अनुरोध गरेका छन्।विजेता हरुलाई प्रमाण पत्र सहित प्रथाम, दितिय, तृतीय पुरस्कार दिने कुरा बताएका छन्।