भवानी अधिकारी
स्याङजा ÷ यसैसाता नेपाली कांग्रेस स्याङजाका २ जना कर्मठ र निष्ठावान दुइ नेताको निधन भएको छ ।
दुई दिनको फरकमा नेपाली कांग्रेस महासमिति सदस्य, शिक्षासेवी एवं निर्माण ब्यवसायी गजिन्द्रप्रकाश मल्ल र लोकतान्त्रिक आन्दोलनका योद्धा स्थानेश्वर पौडेलको निधन भएको हो । उनीहरु दुवै जनाको निधनप्रति नेपाली कांग्रेस स्याङजाले शोक विज्ञप्ति प्रकाशित गरेको छ ।
कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित विज्ञप्तिमा चापाकोट नगरपालिका ५ सेखाम जन्मथलोभई हाल पुतलीबजार नगरपालिका १ का मल्ल र आधीखोला गाउपालिका ३ बिचारीचौताराका पौडेलको निधनप्रति दुख ब्यक्त गर्दै शोक बिज्ञप्ति प्रकाशित गरेको हो ।
प्रकाशित बिज्ञप्तिमा स्याङजा स्थित नेपाली कांग्रेसको पाटी कार्यालय ३ दिन बन्द गर्ने, पाटीको झण्डा १३ दिनसम्म आधा झुकाउने र कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ । उनीहरुको अमूल्य स्याङजा कांग्रेसका लागि अनुकरणीय रहेको र सधैंभरी सम्झन उल्ल्ो छ । स्वर्गिय पौडेलले २०१७ सालको राजनीतिक कु पछि नेपाली कांग्रेसमा आवद्ध भई राजनीति यात्रा शुरु गरेका हुन ।
ऊनी गण्डकी छात्र संघको अध्यक्ष, स्याङजा पर्वत तरुण क्लवको संस्थापक अध्यक्ष हुदै नेपाली कांग्रेस स्याङजाको जिल्ला कार्यसमितिको सचिव भएर काम गरिसकेका थिए । उनी विस २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालिन बिचारीचौतारा गाउ विकास समितिको पहिलो निर्वाचित अध्यक्ष पनि हो । उनका २ श्रीमती ३ छोरा र २ छोरी छ्न ।
यसैगरी, मल्लले पनि २०१७ सालको राजनीतिक कु पछि कांग्रेसका बिभिन्न आन्दोलनका मोर्चामा सहभागी भएका थिए। पञ्चायती शासन बिरुद्धको सशक्त आवाज उठाउदै प्रतिवन्धित समयमा नेपाली कांग्रेसको कोषाध्यक्ष , जिल्ला विकास समितिको २ पटकसम्म सदस्य थिए । निर्माण ब्यवसायी संघका संस्थापक अध्यक्ष र हाल संघका केन्द्रीय सदस्य थिए । उनका श्रीमती, ३ छोरा र १ छोरी छ्न।
नेपाली कांग्रेस स्याङजाको राजनीतिमा अब्बल प्रभाव पार्न सफल मल्लका माइला छोरा भागवतप्रकाश मल्लले बाबाकोे मार्ग अनुसरण गर्दे आएका छ्न । ऊनी गण्डकी प्रदेश सांसद हुन। उनले २०७४ सालको निर्वाचनमा स्याङजाको प्रदेशसभा २ वाट निर्वाचित भएका हुन ।