भवानी अधिकारी
स्याङजा- स्कुल अफ डेमोक्रेसी स्याङजाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।
राजनैतिक अधिकारका साथसाथै मानवीय अधिकार स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा क्रियाशिल डेमोक्रेसीले यही जेठ १० गतेदेखि निशुल्क एम्बुलेन्स सेवा संचालन सुरुगर्ने भएको हो । जिल्ल्लामा कोरोना संक्रमितसंगै मृतकको संख्या पनि बढ्दै गएको छ ।
यस्तो अवस्थामा थपउपचारका लागि पोखरा तथा सुबिधासम्पन्न अस्पतालमा लानु पर्दा थप एम्बुलेन्स पनि आवश्यक भएकाले डेमोक्रेसीले निशुल्क एम्बुलेसन्स संचालन गर्ने निर्णय गरेको हो ।
यहाँका ११ वटै पालिकालाई लक्षित गदेृ सेवा उपलब्ध गराउनेगरी सेवा संचालनमा ल्याइने भएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष ई. अनुप श्रेष्ठले जानकारी दिए । उनले भने ‘ हाम्रा सामाजिक उत्तरदायित्व अनुरुप जिल्लाभर समेट्नेगरी विपन्न बर्ग लक्षित निशुल्क एम्बुलेन्स सेवा’ संचालन गर्नेछौं ।