वालिङ : नेपाली काग्रेससले वालिङ नगरपालिकालाइ सम्मान तथा बधाई व्यक्त गरेको छ । नेपाली काग्रेस नगरसमिति, प्रदेश सभा समिति क्षेत्र नं. २ को १, क्षेत्रिय समिति संघिय क्षेत्र नं. २ र जिल्ला कार्यसमितिले नगरपालिकालाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
देशमै उत्कृष्ठ नगरपालिका बन्न सफल भएको भन्दै सरोकारवाला सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्दै पार्टील नगरपालिकाका नगरप्रमुख सहित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
शहरी योजना, वातावरण, विपत जोखिम व्यवस्था र उत्थानशिलता क्षेत्रमा नेपालकै सर्वोकृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको भन्दै कागे्रसले सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा कागे्रसका केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख एवं पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वालिङ नगरपालिका देशभरीकै उत्कृष्ठ हुनु समग्र जिल्लाकै गौरव र पहिचानको विषय भएको भन्दै अझै जनमैत्रि कार्य गर्न आग्रह गरेका थिए । विकास निर्माणका सवालमा वालिङ निकै अगाडि रहेको भन्दै वालिङ नगरपालिकाका जनप्रतिनिधि सफल भएको भन्दै यसले नगरबासी तथा मतदाताको गरिमा बढेको समेत श्रेष्ठले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डे, जिल्ला कार्यबहाक सभापति बुद्धिबहादुर राना कुमार, पुर्व सांसद शंकरप्रसाद पाण्डे, संविधान सभा सदस्य राजु थापा, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वति अर्यालतिवारी, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांण, उपप्रमुख कल्पना तिवारीलगायतले बोलेका थिए।
कार्यक्रममा बोल्दै वालिङ नगरप्रमुख खांणले पार्टीले जिम्मेवारी दिएर पठाएको जनप्रतिनिधिले जनमैत्रि काम गर्न सकेको भन्दै यो सम्मानले अझ अगाडि बढ्न प्रेरित गरेको बताए ।
कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले सम्पुर्ण नगरवासी तथा नगरका १४ वटै वडाका जनप्रतिनिधिले गर्दा नै वालिङ नगरपालिका शहरी योजना,वातावरण,विपत जोखिम व्यवस्था र उत्थानशिलता को क्षेत्रमा नेपालकै सर्वोकृष्ट नगर घोसित भै पुरस्कृत भएको बताइन ।
प्रदेश सभा २ क का सभापति अर्जुनप्रकाश अर्यालको स्वागतसंगै शुरु भएको कार्यक्रम वालिङ नगर कार्यबहाकस सभापति भिमलाल सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नगरसचिव भुपराज बगाले र धन्यवाद प्रदेश सभाका उम्मेद्धार विष्णु पौडेलले गरेका थिए ।