सरस्वती मल्ल ,२३ चैत्र
स्याङ्जाको गल्याङमा रहेको गल्याङ जेसिज मानवताको सेवामा समर्पित र सक्रिय बन्दै गएको छ ।
गल्याङ जेसिजका सद्स्यहरुले आफ्नो जन्मदिनको अवसर पारी एक न एक सामाजिक र मानवीय कार्य गरिरहेको गल्याङ जेसिज वर्ष २०२१ का अध्यक्ष गोपीकृष्ण रेग्मीले बताए ।यस्तै चैत्र २३ गते आफ्नो २३ औ जन्मदिनको अवसर पारी गल्याङ जेसीजको कोषाध्यक्ष एवम पत्रकार साधना न्यौपानेले गल्याङ जेसीज मार्फत गल्याङ नगरपालिका वडा न ३ मा रहेका ८३ बर्षिय असहाय साइला दाइ भनिने बल बहादुर थापा लाई खाद्यान्न र लत्ता कपडा सहयोग गरेकि छ्न ।
न्याैपानेले आफ्नो जन्मदिनको अवसरमा गल्याङ जेसीज द्वारा आयोजित खाद्यान्न कपडा सहयोग कार्यक्रममा चामल,दाल,नुन,फलफूल र कपडा सहयोग गरेकी हुन । समाज परिवर्तनको सपना बोक्ने जो कोहिले पनि सामाजिक रुपान्तरणका लागि असहाय अशक्त गरिवहरुलाइ सहयोग गर्नु पर्ने भन्दै उहाँले हरेक अशक्त असहायको ओठमा खुशी भर्न सक्नु नै महत्वपूर्ण कदम हुने बताइन ।
साथै सोही कार्यक्रममा असहाय बल बहादुर थापाको खुट्टामा गम्भीर चोट रहेको हुदा गल्याङ नगर अस्पतालका डाक्टर निरन्जन चौधरीको सहयोगमा घरमै उपचार समेत गरिएको गल्याङ जेसिजका तालिम आयुक्त नेत्र अर्यालले जानकारी दिए। गल्याङ जेसिजका मानार्थ सदस्य युवा नेता गुरु प्रसाद भट्टराईले मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य भनी युवाहरूलाई सामाजिक सेवामा समर्पित गर्ने गल्याङ जेसिज परिवार समाजको अनुकरणीय सस्थाको रुपमा स्थापित भएको बताएका थिए ।गल्याङ जेसिजका कार्यकारिणी उपाध्यक्ष ज्ञानेन्द्र पाठकको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा स्वागत मन्तव्य साधना न्यौपानेले गरेकी थिइन ।