प्रमुख अतिथि एवं वालिङ वडा न ८ का वडाअध्यक्ष कमल सुवेदीको हात बाट शैक्षिक सामाग्री वितरण गर्दै
हिमदुत,वालिङ- वालिङ जेसीजले फागु पूर्णिमाकाे अवसर पारेर हाेली मिलन र शैक्षिक सामग्री वितरण कार्यक्रम तथा पारिवारिक बनभाेज सम्पन्न गरेको छ ।
वालिङ जेसिजका पधाधिकारी एवं सदस्यहरु तथा नगर उपप्रमुख कल्पना तिवारी
वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालकाे अध्यक्षतामा श्री अमिलीथुम आधारभूत विद्यालयमा ४४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालय लाई ५ वटा डस्टबिन वितरण गरिएको थियो ।
कार्यक्रमकाे प्रमुख अतिथि वालिङ नगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री कमल सुवेदी रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वालिङ जेसीजका शाखा सम्पादक जेसी शंकर सुवेदी,वडा नं ८ का वार्ड सदस्य श्री चेतनारायण श्रेष्ठ,विद्यालयका प्रअ श्री टिकाराम अर्याल ,आँधीखाेला एफएम का अध्यक्ष श्री नेत्रप्रसाद पाण्डे ,वालिङ जेसीजका पूर्व अध्यक्ष जेसी यज्ञ प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वालिङ जेसिजका पुर्व अध्यक्षहरु
कार्यक्रम संयाेजक कानुनी सल्लाहकार जेसी अशोक तिवारीले स्वागत,सह-काेषाध्यक्ष जेसी रामु सुवेदीले कार्यक्रम बारे प्रकाश पारेका थिए भने जेसीज आस्थापाठकाे अगुवाइ शुक्रवासरीय प्रवचनमाला संयाेजक जेसी मिना रेग्मीले तथा धन्यवाद ज्ञापन व्यवसायीक विकास श्रेत्रका उपाध्यक्ष जेसी राेनिस श्रेष्ठले गरेका थिए ।
वालिङ जेसीजका महासचिव जेसी यज्ञ पुरूष रिजालले सञ्चालन गरेको कार्यक्रमकाे पहिलो चरणमा शैक्षिक सामाग्री तथा डस्टबिन वितरण गरिएको थियो भने बनभाेज अन्तर्गत दाेस्राे चरणमा घैंटाे फुटाइ र नाचगान गरिएको थियो । वालिङ नगरपालिकाका नगर उपप्रमुख जेसी कल्पना तिवारी ,शसस्त्र प्रहरी बेस क्याम्प वालिङका प्रहरी नायब उपरीक्षक श्री माेहन न्याैपाने, वालिङ नगरकार्यपालिका सदस्य श्री युगमाया पंगेनी,पूर्व अध्यक्षहरू जेसी अमृत अर्याल,देव बाेगटी, शान्ता थापा, यमप्रसाद अधिकारी , राजु तिवारी, गल्याङ जेसीजका महासचिव जेसी ऋषि बस्याल लगायत कार्यक्रममा जम्मा ५८ जनाको उपस्थिति रहेको कार्यक्रम संयाेजक जेसी अशोक तिवारीले जानकारी दिए ।
शसस्त्र प्रहरी बेस क्याम्प वालिङका प्रहरी नायब उपरीक्षक श्री माेहन न्याैपानेले घैटो फोर कार्यक्रमका लागि घैटो हस्तान्तरण गर्दै
वालिङ जेसिजका पुर्व अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण) लगायत
व्यक्तित्व र नेतृत्व विकासमा सदैव क्रियाशील वालिङ जेसीजले विविध सामाजिक कार्यहरू गर्दै अाइरहेकाे छ।