वालिङ- नेपाल जेसिज क्षेत्र ख का निरुपित उपाध्यक्ष जेसी दिपेन्द्र निरौलाको वालिङ शाखामा भ्रमण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै निरौलाले वालिङ जेसिस स्थापना काल देखीनै नेपाल जेसिजमा चर्चामा रहेको निरौलाको भनाइ थियो ।निरौलाले वालिङ जेसिजले जस्तोसुकै कार्यक्रम आयोजना हरबखत वालिङ जेसिजलाइ सहयोग गरिरहने निरौलाको भनाइ थियो । नेपाल जेसिजमै वालिङ जेसिज उत्कृष्ट बनोस भन्दै निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि दिपेन्द्र निरौलाले वालिङ जेसिजलाइ शुभकामना दिएका थिए ।
कार्यक्रममा गल्याङ जेसिजका अध्यक्ष जेसि गोपिकृष्ण रेग्मी र वालिङ जेसिजका पुर्व अध्यक्ष जेसि होमकान्त गौतममले वालिङ जेसिज उत्कृष्ट कामहरु गर्दै नेपाल जेसिजमै नमुना जेसिजको रुपमा चिनियोस भनेर शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रममा जेसिजको आस्था पाठ जेसि मिना रेग्मिले गरेकी थिइन भने जेसिजको मिसन र भिजन वालिङ जेसिजका उपाध्यक्ष जेसि भानुभक्त आचार्यले गरेका थिए र वालिङ जेसिजका उपाध्यक्ष जेसि निर्भिक नारायण भुर्तेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
वालिङ जेसिजका अध्यक्ष जेसि विश्वास लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वालिङ जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि मणि प्रशाद अर्यालले गरेका थिए भने कार्यक्रमको संचालन वालिङ जेसिजका माहासचिव जेसि यज्ञपुरुष रिजालले गरेका थिए ।