

वालिङ, स्याङ्जा
क्षयरोगमुक्त वालिङ नगर बनाउने उद्देश्यका साथ वालिङ नगरपालिका–६ मिर्दीस्थित शहरी स्वास्थ्य केन्द्रमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमार्फत निःशुल्क छाती एक्स–रे जाँच शिविर सम्पन्न भएको छ।
शिविरमा करिब ५०० जनाले सेवा लिएका छन्। क्षयरोगको समयमै पहिचान तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट स्थानीय बासिन्दा लाभान्वित भएका छन्।
कार्यक्रम सफल बनाउन प्रदेश जनस्वास्थ्य टोली, जिल्ला जनस्वास्थ्य टोली, वालिङ नगरपालिका जनस्वास्थ्य टोली तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले महत्वपूर्ण सहयोग गरेका थिए।
शिविर सञ्चालनमा सहयोग गर्ने सबै निकाय, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सेवाग्राहीप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, स्वस्थ र क्षयरोगमुक्त समाज निर्माणका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।