हिमदुत,स्याङ्जा,भिरकोट- भिरकोट नगरपालिका वार्ड न ५ मा नेपाली काङ्ग्रेसको ६ वटा टोल समिति एक कार्यक्रमका बिच विस्तार गरिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि एव नेपाली काङ्ग्रेस भिरकोटका सभापति तोयनाथ अर्यालले नेपाली काङ्ग्रेस पार्टी गठन हुनुभन्दा अघि र पछि गठन भएका पार्टीहरू बिघटन भए तर काङ्ग्रेस स्थापनकाल देखि रहिआएको र नेपाली काँग्रेस को केन्द्रीय विधान अनुसार भिरकोट नगरपालिका के ९ ओटै वार्डमा टोल समिति गठन गर्न लागिएको नगर सभापति त्योयनाथ अर्याल बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एव वार्ड अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण) ले काङ्ग्रेस विधि र विधानले चल्ने पार्टी भएकाले प्रजातन्त्र र लोकतन्त्रका लागि कोहि कसैसँग सम्झौता नभएको बताए ।
कार्यक्रममा नगर सदस्य जगनाथ अर्याल युवा नेता रामकृण अर्याल लगायतले सुभकामना व्यक्त गरेका थिए ।
वार्ड न ५ का पार्टी अध्यक्ष सु- कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमको स्वागत वार्ड अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण) र संचालन शेशकान्त तिवारी/ दयानिधी अर्यालले गरेका थिए ।