हिमदुत,वालिङ- विश्व हिन्दू युवा संघ स्याङ्जा शाखाले स्याङ्जाको भीरकोट-४ छाङछाङ्दी मन्दिरमा हिन्दु जागरण एबम् सरसफाइ सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि केसीको हातबाट मन्दिरलाई सरसफाइ सामग्री सञ्चालक समितिलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भिरकोट नगरपालिका वार्ड नं १ का वार्ड अध्यक्ष एबम् नगरपालिकाका प्रवक्ता दीपेन्द्र केसीले सनातन धर्मको रक्षाको निम्ति सबैलाई मान्य हुने गरी हिन्दू जागरण अभियान आवश्यक रहेको बताए ।
हिन्दू धर्म माथि पछिल्लो समय पराहर भएको र यसकालागि हिन्दू युवा संघ लाई सनातन धर्मको रक्षाको निम्ति खडा हुन उनको आग्रह थियो । उनले भीरकोट नगरपालिकाको सक्रियतामा छायाक्षेत्र मा १०० फीट अग्लो त्रिशुल निर्माण गर्ने कार्य अगाडी वढिसकेको जानकारी गराउँदै त्यसका लागि आफूले व्यक्तिगत तर्फबाट ११,१११ रुपैया सहयोग गर्ने घोषणा समेत गरे।