हिमदुत, १५ फागुन । भीरकोट नगरपालिका वाड नं ७ निवासी शिक्षाप्रेमी, समाजसेवी स्व. प्रेमनारायण अर्यालको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा उनको स्मृतिमा लिखित “सम्झनामा प्रेमनारायण अर्याल” पुस्तकको विमोचन तथा लोकार्पण गरिएको छ ।
नेपाली काँग्रेस भीरकोट नगर समिती द्वारा अायोजित कन्सान्साइन्स बोर्डिङ स्कुल भीरकोट – १ हेलुमा सम्पन्न स्मृति सभामा नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापति वुद्दिवहादुर राना कुमारले अर्यालको स्मृतिमा दियो वालेर उहाँको सम्झनामा सम्पादित पुस्तकको विमोचन गरिएको थियो ।
पुस्तक विमोचन गर्दै प्रमुख अतिथी रानाले उहाँले गरेका शैक्षिक र सामाजिक देनहरुको चर्चा गर्दै उहाँका सपनाहरुलाई पूरा गर्ने वचनबद्दता व्यक्त गरेका थिए । उनले भने, ‘शिक्षा क्षेत्रमा ठूलो योगदान दिनुभएका अर्याल नेपाली काँग्रेस पार्टीका लागि पनि एउटा निडर खम्वा वनेर उभिनुभएको योद्धा हुनुहुन्थ्यो । ‘ कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले शिक्षाको ज्योति छर्ने नेता तथा समाजसेवी रहेको र उहाँले जिल्लामा स्थापना गरेका संस्थाहरूले उहाँको योगदान विर्सन नहुने वताए ।
नगर प्रमुख खनालले प्रेमनारायण अर्याल जस्ता असल र त्यागी नेता गुमाउनु पर्दा नेपाली कांग्रेसलाई मात्रै नभएर नेपालको लोकतान्त्रीक आन्दोलनलाई नै अपुरणीय क्षती पुगेको बताएका थिए ।
कार्यक्रममा परिवारको तर्फवाट नेपाल तरूण दल ि्याङ्जाका सदस्य तारा प्रसाद अर्याल र उहाँकी वुहारी चण्डीका अर्यालले उहाँको योगदानका वारेमा चर्चा गरेका थिए । पुस्तकको सम्पादन साहित्यकार कमल कोईरालाले गरेका हुन । उनलाई सोही कार्यक्रममा सम्मान गरिएको थियो । नेपाली कांग्रेस भीरकोटका नगर सभापति तोयनाथ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नेपाल महिला संघकि केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, नेपाली कांग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिका संयोजक देवी अर्याल, नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति एवम् साहित्यकार विश्वप्रेम अधिकारी, नेपाली कांग्रेस क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल लगाएत दर्जनौं ब्यक्तीहरुले स्व.प्रेमनारायण अर्यालको ब्याक्तित्व माथी चर्चा गरेका थिए ।
कार्यक्रमलाई प्रेमनारायण अर्यालका जेष्ठ सुपुत्र प्राध्यापक रामलोचन अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । साथै कार्यक्रमको संचालन नेपाली कांग्रेस भीरकोट नगर सचीव शेषकान्त खनालले गरेका थिए । अाजकै दिन एक वर्ष अगाडि उनको ७२ बर्षको उमेरमा काठमाण्डौंमा उपचारका क्रममा निधन भएको थियो ।
अर्याल पूर्णामृत भवानी, कालिका मावि तथा कालिका क्याम्पसका पूर्ब प्राचार्य, कालिका हस्पिटलका पूर्व अध्यक्ष, पायनियज उच्च माविका संस्थापक लगायत बिभिन्न संघ संस्थामा आवद्ध स्वर्गीय अर्याल सामाजिक अभियन्ता एवं कुशल नेता थिए ।