स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले चुनाबका बेला बोलेका प्रतिवद्धता नेकपा सरकारले पुरा गरेको छ उनले भनिन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट तमादी डुम्रेभञ्याङ बानीडाँडा हुदै सेतीवेणी गुल्मी सम्म पुग्ने कालोपत्रे सडकको शिलन्यास गर्दै मन्त्री अर्यालले यो सरकारले युगौ युग सम्म देशले सम्झनलायक काम गरेको मन्त्री अर्यालको भनाई थियो ।‘यो क्षेत्रका मतदाता शक्तिशाली रहेछन् भन्ने प्रष्ट हुन्छ ।’ चुनाबका बेला बोलेका प्रतिवद्धता यो सरकारले पुरा गरेको छ उनले भनिन् ।
उनले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । केही साथीहरु सडकमा गएपनि नेकपा कानुनी रुपले नफुटेको बताएकी हुन् । ‘नेपाल अब चुनावी बाटोमा लागेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा गएका साथीहरुलाई तपाईहरुलाई चित्त नबुझेर सडकमा जानु भएको छ फकेर आउनुहोस भनेर आव्ह्रान गर्नुभएको छ’ मन्त्री अर्यालले भनिन् ।
३० बर्षको इतिहासमा नेपाललाई चिनाउने काम नभएको भन्दै मन्त्री अर्यालले यो तिन बर्षमा सरकारले उल्लेख्य काम गरेको दावी गरिन् । लिपुलेक लिपियाधुरालाई नक्सामा समेट्ने देखि सगरमाथाको उचाई नाप्ने काम यही सरकारले गरेको भन्दै प्रश्न गरिन् ‘३० बर्ष सम्म सरकारले किन यस्तो काम गर्न सकेन् ?’
स्याङ्जाको समग्र विकासमा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउदै मन्त्री अर्यालले तीन वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडको योजनामा धेरै काम भएको जिकिर गरिन् । शिलन्यास कार्यक्रममा गण्डकी प्रदेश समितिका सभापति मोहोन रेग्मी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण लगायतका बक्ताहरुले तिनै तहका सरकारका प्रतिनिधि मिलेर स्याङ्जाको समग्र विकासमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस आर्थिक बर्षमा ४० लाखको बजेट विनियोजन भई शुरु भएको कालोपत्रे सडक दर्शन कन्स्ट्रक्सन प्रालि वालिङ स्याङ्जाले जिम्मेवारी पाएको छ । कक्रिमरुपले निर्माण हुने सडक १ करोड ५० लाख ९३ हजार ८ सय ८७ रुपैयामा सम्पन्न हुने सडक डिभिजन पोखराले जनाएको छ ।