स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका वडा न.४ कालिका माविमा लिभिङ अराउड टेक्नोलोजीको सहजीकरण र गल्याङ जेसिजको आयोजनामा प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एव कालिका मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम न्यौपानेले गल्याङ जेसिजले स्थापनाको ३ वर्ष नपुग्दै समाजका युबाहरुका मन मनमा बस्न सफल भएको भन्दै सचेतना मुलक तालिमले बिद्यार्थीहरुको नकारात्मक सोचाइ सकारात्मक तर्फ जाने बताए ।
कार्यक्रममा बोल्दै उक्त विधालयका प्रधानाध्यापक चिन्तामणी न्यौपाने, नेविसंघ इकाई सभापति ढाकाराम न्यौपाने ,दिनेश न्यौपाने लगाएतले तालिमबाट प्रबिधिको समुचित प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
विश्व अर्याल र विज्ञान पोख्रेलको प्रशिक्षणमा भएको कार्यक्रममा ८५ जाना सहभागी रहेका थिए ।
गल्याङ जेसिजका सभापती जेसि गोपिकृष्ण रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत कार्यकारिणी जेसि उपाध्यक्ष प्रतिमा भट्टराईले र कार्यक्रमको संचालन कोषाध्यक्ष साधना न्यैपाने गरेकी थिइन ।