हिमदुत,४ फागुन,स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका को आयोजना मा हुन लागेको मेयर कप नगर खेलकुद बिकास समिती ले सन्चालन गर्दै छ । वडा नम्बर १०को कान्छिबजार खेल मैदान मा हुन लागेको मेयर कप को तयारी लगभग अन्तिम चरण मा पुगेको नगर खेलकुद बिकास समिति का अध्यक्ष प्रबिण गिरिले जानकारी दिए ।
मेयर कप मा यो बर्ष पुरुष तथा महिला भलिबल बाहेक अन्य खेलकुद पुरुष तथा महिला डोरि तान्ने ,छेलो ,ब्याटमिन्टन तथा विविध मनोरन्जनात्मक कार्यक्रम हुने नगर खेलकुद बिकास समिति का अध्यक्ष प्रबिण गिरि ले बताए ।
फाल्गुण ११ गते देखी १५गते सम्म सन्चालन हुने मेयर कप लाई भब्य रुपमा सन्चालन गर्न को लागि विभिन्न उपसमिति बनायर अगाडि बडेको समिती का अध्यक्ष गिरि ले बताए ।
उद्घघाट्न समारोह मा राष्ट्रिय कलाकार रमेश राज भट्टराई हास्यकलाकार दिपक थापा तथा स्थानीय कलाकार हरु को प्रस्तुति समेत रहने चापाकोट नगर प्रेस संयोजक विश्व बन्धु भट्टराईले जानकारी गराए ।