वालिङ २८ माघ ।
आँधीखोला सञ्चार सहकारी संस्थाा लिमिटेड रेडियो आँधीखोला १०५.४ मेगाहर्जको १५औँ साधारण सभाको बुधबार समापन गरिएको छ । कोभिडका कारण यही माघ २४ गतेबाट शुरु भएको साधारण सभाको बुधबार समापन गरिएको हो ।
रेडियो स्टेसनको कार्यालय वालिङ ८ घ्याङलीङमा गरिएको साधारण सभाको समापनका अवसरमा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले स्याङ्जा जिल्लामै पहिलो संचारको रुपमा स्थापित रेडियो आँधीखोलाले आम नागरिकहरुलाई सुसूचित गराउँदै आईरहेको बताइन।
समयअनुकुल बढ्दो प्रविधिको युगमा रेडियोलाई पनि थप विस्तार गर्न आवश्यक रहेको भन्दै रेडियोसंगै अनलाईन खबर र टेलिभिजनमार्फत समेत रेडियोले आफ्नो क्षेत्र विस्तार गर्नुपर्ने भन्दै यसका लागी स्थानीय सरकार सहयोग गर्न प्रतिवद्ध रहेको तिवारीले बताइन। आवाजविहिनहरुको आवाजको रुपमा रेडियो आँधीखोला स्थापित भईसकेको भन्दै यसको प्रभावलाई थप सशक्त बनाउनुपर्नेमा उपप्रमुख तिवारीको जोड छ ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुवेदी, प्राज्ञ भोजराज गुरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, रेडियोका निर्वतमान अध्यक्ष ध्रुवप्रसाद शर्मापंगेनी, रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईराला, वालिङ साना सहकारी खानेपानी संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, सेयर सदस्यद्धोय गोपाल जिटि र डिलबहादुर श्रेष्ठलगायतले रेडियोले जनआन्दोलन पछिदेखिको समयदेखि १५ वर्षसम्म निरन्तर जनताको हितमा, जनतालाई आमसूचना तथा सन्देशमुलक कार्यक्रम मार्फत सुसूचित गराउँदै आएको बताए ।
कार्यक्रममा रेडियोका अध्यक्ष नेत्रप्रसाद पाण्डेले रेडियोको भावी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष पाण्डेले समयको माग अनुसार रेडियोलाई थप जिम्मेवार बनाउँदै लगिने भन्दै रेडियोलाई समाजसम्म र समाजलाई रेडियोसम्म पु¥याउनका लागी नयाँ कार्यक्रम ल्याईने बताए । कार्यक्रम तथा प्रशारण सम्बन्धी नीति तथा कार्यक्रमहरु, निपक्षता र पारदर्शिता सम्बन्धी नीति तथा कार्यक्रम भौतिक सुधार तथा कर्मचारी सम्बन्धी नीति तथा कार्यक्रमहरुलाई थप प्रभावकारी बनाईने अध्यक्ष पाण्डले बताए ।
कार्यक्रममा सचिव यमकान्त खनाल, कोषाध्यक्ष ताराप्रसाद श्रेष्ठ र लेखा संयोजक बिमल अर्यालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रेडियो सञ्चालक सदस्य तोयनारायण रेग्मीको स्वागतसंगशै शुरु भएको कार्यक्रम अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव यमकान्त खनाल र धन्यवाद सदस्य युगमाया पंगेनीले गरेका थिए।
दैनिक १८ घण्टा प्रसारणमा रहेको रेडियो अहिले ५ सय वार्ट क्षमताको छ । रेडियो प्रदेश नं. ४ र ५ का १८ जिल्लामा १०५.४ मेगाहर्ज, वेबसाईट www.radioaandhikhola.org र हाम्रो पात्रो मार्फत विश्वका जुनसुकै कुनामा समेत प्रत्यक्ष सुन्न सकिन्छ ।