२४माघ,स्याङ्जा –
स्याङ्जाको आधिखोला गाउँपालिकामा आज बेलुका करिव ६:२५ बजे बस दुर्घटना हुँदा ६ जना घाईते भएको छन ।
आधिखोला गाउँपालिकाको पर्यटकीयस्थल सिरुवारी जाने क्रममा अवलोकन भ्रमण गर्न आएको बस दुर्घटना हुँदा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
उनले पोखराबाट स्याङ्जा अवलोकन भ्रमण गर्न आएको (आमा समुहको टोली चढेको) बस दुर्घटनामा परी घाईते भएकाहरुलाई थप उपचारको लागि पोखरा पठाईएको बताए ।
घटनास्थलमा प्रहरीसहितको टोली खटिएकोले विस्तृत विवरण आउन केही समय लाग्ने समेत अधिकारीले जानकारी दिए ।