वालिङ २४ माघ । आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड वालिङ ८ को १५औँ साधारण सभा शुरु भएको छ ।
कोभिडका कारण सहकारीले शनिबारदेखि साधारण सभाको सुभारम्भ गरी बुधबार समापन गर्नेछ । साधारण सभाको सहकारीका अध्यक्ष नेत्रप्रसाद पाण्डेले १५ओटा मैनबत्ती बालेर उद्दघाटन गरेका छ्न ।
साधारण सभाको उद्दघाटन गर्दै संस्थाका अध्यक्ष पाण्डेले कोभिड १९ का कारण साधारण सभा एकैदिन गर्न नसकिएको भन्दै शनिबारदेखि बुधबारसम्म संस्थामा उपस्थित भई आफ्ना रायसुझावहरु पेश गर्न अनुरोध गरे । स्याङ्जा जिल्लाकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित सहकारीले आँधीखोला रेडियो मार्फत जिल्लामा पहिलो ध्वनि तरंगित गरेको भन्दै अध्यक्ष पाण्डेले भने, ‘संस्थाले विभिन्न आरोह–अवरोह पार गरी १५ वर्षमा आईपुगेको छ । आगामी दिनमा पनि समयसापेक्ष ज्ञान र सुचनात्मक कार्यक्रमहरु प्रसारण गर्दै नागरिकलाई अझ सुसूचित गर्नेछौँ ।’ सेयर सदस्यहरुमा घरघरमा साधारण सभाको प्रतिवेदन पठाएको भन्दै प्रतिवेदन अध्ययन गरी संस्थाको कार्यालयमा आई आफ्ना अमुल्य सुझावहरु दिएर साधारण सभालाई सम्पन्न गर्न सेयरधनी महानुभावहरुलाई अनुरोध गरे ।
२०६३ सालमा स्थापित सहकारीको ४६१ जना सेयर सदस्यहरु रहेका छन् ।