स्याङ्जा –सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी वालिङ् शाखाले मृत्यु दाबी हस्तान्तरण गरेको छ ।
कम्पनीले भिरकोट नगरपालिका–०४, कि बिमित धन कुमारी खाणँ को छोरा अमृत खाणँ लाई मृत्यु दाबी बापत ४ लाख १५ हजर रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रबन्धक सरोज बस्नेत ले जानकारी दिए ।
बिमित खाणँको ५३ बर्षको उमेरमा निधन भएको थियो । भिरकोट वार्ड न ४ अध्यक्ष चन्द्रबहादुर बस्नेत, सिटीजन लाईफ इन्स्योरेन्स वालिङ्का शाखा प्रबन्धक सरोज बस्नेत, एजेन्सी म्यानेजर बाबुराम रेग्मि, समाज सेवीहरु लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतकको छोरा अमृत खाँणलाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको जनाइएको छ ।
सिटीजन लाईफ इन्स्योरेन्स शाखा प्रबन्धक सरोज बस्नेतले स्वर्गिय ब्यक्तीप्रती श्रद्धाञ्जली व्यक्त गर्दै आफू हुदा आफुलाई , यदि आफू नरहे आश्रीत परिवारको लागि बिमाको ठुलो महत्त्व रहेकोे बताए ।
यस अघिपनि सिटीजन लाईफ इन्स्योरेन्सले येस्तै पीडामा परेकालाई सहयोग गर्दै आएको उनले बताए।