हिमदुत २१ माघ,स्याङ्जा । श्री चक्रकला युवा क्लब,चापाकोट वडा नं ४ को १८ औँ वार्षिकोत्सबको अवसरमा भलिबल प्रतियोगिता,घैटो फोर प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता लगायतका खेल प्रतियोगिताहरुको आयोजना गर्दै क्लबले समुदघाटन शुरु गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल रहेका थिए । नेता मल्लले स्वस्थ र निरोगी रहन सबैले खेलकूदलाई अपनाउनुपर्ने सुझाव दिँदै आफ्नो गतिविधिलाई निरन्तरता दिन क्लबका पदाधिकारीहरुसँग आग्रह गरेका थिए । उनले त्यहाका स्थानीय जनताहरुको सधै सुख दुखमा साथ दिने कुरा समेत कार्यक्रममा बोलेका थिए ।
उनले भने :
हिजो हजुरहरुले गर्दा नै म यो स्थानमा आएको हु, मैले हिजो पनि हजुरहरुलाइ साथ दिएको छु र सधै हजुरहरुको साथ दिइरहन्छु सहयोग गरिरहन्छु
भलिबल प्रतियोगितामा २१ वटा टिम सहभागी रहेका छ्न । प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद रु ४० हजार,दित्तिय हुने टिमलाइ नगद रु ३० हजार,तिर्तिय हुने टिमलाइ नगद रु १० हजार त्यस्तै सानतोना नगद रु १० हजार रहेको क्लबका अध्यक्ष विरेन्द्र सारुले बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र २ का सभापती इस्वर खाण,चापाकोट नगरपालिका उपप्रमुख विमला श्रेष्ठ,नेपाली काङ्ग्रेस माहाधिवेश प्रतिनिधि महेन्द्र श्रेष्ठ, महेश भट्टराई,विक्रम सारु,चन्द्र राना,प्रेम सारु,विज्ञान भण्डारि ,कृष्ण भट्टराई लगाएतले बोलेका थिए ।
यहि माघ २४ गते कार्यक्रम समापन भव्यताका साथ सम्पन्न गरिने उक्त क्लबका सचिव चिरञ्जीवी पौडेलले बताए ।
विरेन्द्र सारुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष चेत बहादुर सारु र कार्यक्रमको संचालन सचिव चिरञ्जीवी पौडेलले गरेका थिए ।