हिमदुत,१६ माघ,वालिङ-
शहिदहरुको समझनाको अवसरमा स्याङ्जाको वालिङमा विपि कोइराला युवा नेतृत्व विकास मंच स्याङ्जाले दिप प्रज्जवल गरि शाहीद दिवस मनाएका छ्न ।
वालिङ नगरपालिका १० भकुण्डेमा शहिदहरु प्रति हार्दिक श्रद्धान्जली दिदै चिर शान्तिको लागि दिप प्रज्जवलन गरिएको थियो । दिप प्रज्जवलनमा दार्ही ग्याङ स्याङ्जाका संयोजक ज्ञानेन्द्र पाठकले विर शहिद योद्धाहरुले नै गर्दा आज हामी यसरी बाच्न पाएको उनले बताए ।
कार्यक्रममा विपि कोइराला युवा नेतृत्व विकास मंचका वरिष्ठ उपाध्यक्ष खगेन्द्र भण्डारिले सहिदहरुको महान आत्मको लागि नमन गर्दै शहिदहरुले गर्दा नै आज गाउँ गाउँमा सिह दरवार आएको महसुस भएको तर्क दिएका थिए ।
कार्यक्रममा बोल्दै विपि कोइराला युवा नेतृत्व विकास मंच स्याङ्जाका सभापति प्रकाश भुसालले सहिदहरुको रगत र उनिहरुको वलिदानले आज सबै नेपाली शिर ठाडो बनाएर खुल्ला रुपमा हिड्न पाएको बताए ।
प्रकाश भुसालको सभापतित्वमा भएको कार्यक्रमको संचालन ऋषि वस्यालले गरेका थिए ।