१५ माघ,स्याङ्जा- गल्याङ जेसिजको कार्यकारी उपाध्यक्ष प्रतिमा भट्टराईको शुभ जन्म दिनको अवसरमा शिवपार्वती वृद्धाश्रम रामनदीधाम राम्दीका वृद्धवृद्धाहरुलाई एकदिन एक दाता कार्यक्रम अन्तर्गत छ हजार एकसय रुपैयाँ सहयोग गर्दै आफ्नो जन्मदिन मनाएकी छ्न।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि महेन्द्र श्रेष्ठले बृद्धबृद्धाको सेवा गर्नु मानव जीवनको महत्वपुर्ण सेवा भएको बताए । श्रेष्ठले परिवार छोेडेर आश्रमका बुवाआमालाई सेवा गर्ने कार्यलय प्रमुख सुनिल श्रेष्ठ साँच्चिकै महान भएको भन्दै धन्यवाद व्यक्त गरे । ‘बृद्धबृद्धाको सेव गर्न पाउनु महान सौभाग्य हो, सुनिल जी का कारण आमाहरुलाई कुनै दुख छैन ।
उनले भने ,
‘यहाँका बुवाआमांको साथमा हामी छौँ, हामीलाई नै सन्तान मान्नुस ।’
फरक प्रसंगमा श्रेष्ठले सबैले बिधिलाई आत्मसात गर्नपर्नेमा जोड दिए ।
कार्यक्रममा युवा नेता तथा समाजसेवी चन्द्र राना, नेतृ तथा समाजसेवी हेमा न्यौपानेले जेसिजले छोटो समयमै गल्याङमा रचतान्मक काम गरेको बताए ।
गल्याङ जेसिजका अध्यक्ष गोपिकृष्ण रेग्मीले जेसिज अभियान्ताहरुले निरन्तर मानव सेवामा समर्पित हुने कसम खाएको बताए । रेग्मीले समाज परिवर्तन जेसिजकोे उद्देश्य भएको भन्दै एकपछि अर्को राम्रो काममा हिड्ने बताए ।
शिवपार्वती वृद्धाश्रम रामनदीधाम राम्दीका कार्यलय प्रमुख सुनिल श्रेष्ठले आश्रममा सहयोग गर्ने संस्था र व्यक्ति प्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने सबै वक्ताले जेसि प्रतिमा भट्टराईलाई जन्मदिनको अवसरमा शुस्वास्थ्य, दिर्घायु तथा उत्तरोउत्तर प्रगतिको शुभकामना दिएका थिए ।
जेसि प्रतिमा भट्टराईले आफ्नो जन्म दिनको अवसरमा आश्रममा रहेका १७ बृद्धवुवा आमालाई सहयोग गर्न पाउँदा निक्कै खुसि लागेको बताइन । उनले भनिन
तपाइहरुलाई सन्तानको कमी भएको छैन मैले हरबखत तपाइहरुलाइ साथ सहयोग गरिरहन्छु मलाइ आफ्नै छोरी सम्झिनुस
गोपिकृष्ण रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत जेसि केशव बश्यालले र संचालन महासचीव जेसि ऋषि वश्याले गरेका थिए ।