स्याङ्जा – स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री जनता माविमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क रुपमा ट्र्याक सुट र टि – सर्ट वितरण गरिएको छ। लायन्स कल्बका संस्थापक melvin Jones को जन्मोत्सवको उपलक्ष्यमा लायन्स क्लब अफ काठमाडौं इभा एवम् पूर्व विद्यार्थी समाज द्वारा कक्षा ६, ७, ८, ९, र ११कक्षामा अध्ययनरत ३०० जनालाई निशुल्क रुपमा ट्र्याकसुट र टि – सर्ट वितरण गरिएको श्री जनता माविका प्रधानाध्यापक पशुपति पाण्डेले जानकारी दिए ।
लायन्स कल्बका संस्थापक melvin Jones को जन्मोत्सवको उपलक्ष्यमा र लायन्स क्लब अन्तरास्ट्रिय district 325B 1 का श्राद्देय गभर्नर lion मन बहादुर रोका ले ल्याउनु भएको nature the future सोलोगनलाइ सफल पार्न लायन्स क्लब अफ काठमाडौं इभाले देशका विभिन्न दुर दराजका ठाउमा आफ्ना सेवाका कर्महरु निरन्तर रुपमा अगाडि बडाइ राखेको लायन्स क्लब अफ काठमाडौ इभाका अध्यक्ष लायन कृष्ण प्रसाद पाण्डेले बताए ।
बिद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई ट्र्याक सुट र टि- सर्टको निशुल्क रुपमा व्यवस्था गरेकोमा खुसी व्यक्त गर्दै बिद्यालयका प्रधानाध्यापक पाण्डेले लायन्स क्लब अफ काठमाडौं इभा एवं भूतपूर्व विद्यार्थी समाजप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष एवम् सेवा निवृत्त डिआइजी बाबुराम पाण्डे , समाजका वर्तमान अध्यक्ष जलेश्वर पाण्डे , सेवा निवृत्त राष्ट्र बैंकका कार्यकारी निर्देशक शिव पाण्डे ,दुर्गा पाण्डे , कमला राना, बिद्यालयका प्रअ पशुपति पाण्डे लगायतले बोलेका थिए । कार्यक्रम बोल्ने बक्ताहरुले विद्यालयको चौतर्फी विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तै गरि बिद्यालयमा खेलकुद गतिविधिलाई टेवा पुर्याउने हेतुले लायन्स क्लब अफ काठमाडौ EVA का अध्यक्ष एवं श्री जनता मावि भूपू विद्यार्थी समाजका सदस्य कृष्ण प्रसाद पाण्डेद्वारा दुईवटा टिटि बोर्ड विद्यालयका प्रअ पशुपति पाण्डेलाई हस्तान्तरण गरेका छ्न । आफुले प्रदान गरेको टिटि बोर्ड अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रहेको बताउदै लायन्स क्लब अफ काठमाडौ EVA का अध्यक्ष कृष्ण प्रसाद पाण्डेले बालबालिकाको चौतर्फी विकासका लागि लायन्स क्लबले काम गर्दै आएको जानकारी दिए ।
लायन्स क्लबले कालीगण्डकी गाउँपालिकामा यस भन्दा अगाडि पनि बाढीपहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेको समेत अध्यक्ष पाण्डेले जानकारी दिए ।