अघिल्लो वर्ष क्याम्पसले ६५ प्रतिशतले शुल्क बढाएको र त्यस बेला क्याम्पसको परिश्थितीले गर्दा ठिकै होला भनेर स्विकार्दै आइरहेको तर अहिले कोविड१९ का कारण प्राइभेट क्याम्पस ले जस्तै शुल्क लिने निर्णय भएपछी सबै विधार्थी प्रतिनिधिले क्याम्पस प्रमुख सल्लाह गरेको तर क्याम्पसले कुनै पनि चासो नदेखाएकोले ज्ञापनपत्र बुझाएको अनेरास्ववियु वालिङ क्याम्पसका संयोजक दिनेश खनालको भनाइ छ ।
तत्कालै क्याम्पसले वैठक बसि शुल्क नघटाए बिद्यार्थी संगठन चरणबद्ध आन्दोलनमा जानेछ
कोविड १९ ले अहिले सबैलाइ मर्का परेको र`शुल्कको विषयमा पटक पटक बैठक र सल्लाह गर्दा निष्कर्ष निकाल्नुको साटो आफ्नो मनोमानी गदै अगाडि बढेको नेविसंघका नेता सन्दिप कडेलको भनाइ छ ।