स्याङ्जा- ज्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट नगरपालिका ४ मल्याङ्कोट दार्सिङ स्याङ्जा को दशौ साधारण सभा सप्पन्न भयको छ ।
साधारण सभा चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरिको प्रमुख आतिथ्यता मा सप्पन्न भयको हो दार्शिङ स्थित ज्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख शिव कुमार गिरिले आर्थिक, सामाजिक रुपान्तरणका लागि ज्याग्दी सहकारी ले महत्वपुर्ण भूमिका खेलिरहेको बताए ।
उनले आफ्नो उदेश्यमा केन्द्रीत रहेर पारदर्शी रुपमा समृद्ध समाजको अभियानलाई आत्मसाथ गर्दै अघि बड्न सहकारी लाई सुझाव दिएका छ्न ।साधरण सभा मा नेपाली काङ्ग्रेस का क्षत्रिय सभापति देब बहादुर खाड ,चापाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही लगायत ले बोल्दै सुभकामना दिएका थिए ।संस्थाका संचालक समितिका अध्यक्ष अर्जुन कुमार खाण्ले सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए ।
साथै साधरण सभा मा संस्था का कोसाध्यक्ष ऋषब लम्साल ले बार्षिक आय ब्याय प्रस्तुत गरेका थिए । सहकारी का अध्यक्ष अर्जुन कुमार खाण को अध्यक्षता मा भएको कार्यक्रम मा उपाध्यक्ष बलराम गिरिले स्वागत मन्तव्य राखेका थिए भने सन्चालन सचिब केशव गिरि ले गरेका थिए ।