१४ पुष स्याङ्जा । प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक संसद विगटन पश्चात स्पष्ट बिभाजन देखिएको नेकपा स्याङ्जाको आज स्याङ्जाको सदरमुकाममा नेकपाका दुई पक्ष बिच भिन्नाभिन्नै कार्यक्रम भएको छ ।
स्याङ्जाको पुतलिबजारमा करिव २५ मिटरको फरकमा भएको फरक-फरक पक्ष विछ भएको कार्यक्रममा कतै प्रधानमन्त्रीको जिन्दवाद त कतै प्रधानमन्त्री ओलिको मुर्दावादको आवाज आएको श्रोतले बताएका छ्न ।
प्रधानमन्त्री ओलि समर्थकले गण्डकी प्रदेशका मुख्यमन्त्री को प्रमुख आतिथ्यमा स्याङ्जाको सिटिहलमा जिल्ला स्तरिय कार्यकर्ता भेला गरिरहेको थिए भने माधव_प्रचण्ड पक्षले केपी सरकारको प्रतिगमन बिरुद्ध स्याङ्जा बसपार्क बाट जूलूस निकाली चोकमा कोणसभा गरेका थिए । जुलुसमा केपि ओलि मुर्दावाद ,सुर्य चिन्ह हाम्रो हो जस्ता नाराहरु लगाएका थिए
जुलुस पछि कोणसभामा माधव_प्रचण्ड वक्ताहरुले सरकारको चर्को आलोचना गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै गल्याङ नगर प्रमुख भुपराज अधिकारिले केपि ओलि सरकारलाइ खबरदारी गर्दै प्रधानमन्त्री अझै नसच्चीए थप कदम चाल्ने चेतावनी समेत दिए।
त्यस्तै सरकार पक्षको कार्यक्रममा स्याङ्जाको मालपोत लाईनमा बाटोमा सुरक्षाकर्मिको बाक्लो उपस्थितिमा कडा सुरक्षा दिईरहेका छन ।
स्याङ्जाको विरोध प्रर्दशनमा करिब तीनसय जनाको सहभागीता रहेको थियो ।