पुष ८, स्याङ्जा- वालिङ जेसीजको अध्यक्षमा बिश्वास लम्साल निर्वाचित भएका छ्न ।
आज भएको अधिबेशनले बर्ष २०२१ का लागि लम्सालको अध्यक्षतामा सर्बसहमतीमा समिति चयन गरेको हो । नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा मणि प्रसाद अर्याल र चुत्र बहादुर महत रहेकाछन् ।
त्यस्तै उपाध्यक्षहरुमा गणेश राउत,निर्भिकनारायण भूर्तेल,रोनिश श्रेष्ठ र भानुभक्त आचार्य चयन हुनु भएको निर्वाचन अधिकृत देब बोगटीले बताए ।
यसअघि अधिबेशनको उद्घाटन गर्दै वालिङ जेसीजका संस्थापक तथा सल्लाहकार धुर्ब शर्मा पंगेनीले युवा परिवर्तनको संवाहक भएको भन्दै सक्षम र सवल हुने गरी आफूमा निखारता ल्याउनु पर्ने स्पष्ट पारे ।
कार्यक्रममा जेसीजका पूर्ब अध्यक्षहरु राजु तिवारी र प्रदिप कोइराला, कानुनी सल्लाहकार धुर्ब पंगेनी लगायतले बोलेका थिए । वालिङ जेसीज बर्ष २०२० का अध्यक्ष होमकान्त गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन तत्कालिन महासचिव बिश्वास लम्सालले गरेका थिए ।