स्याङ्जा ४ पुष । हरिनास गाँउपालिका वडा नं. ५ आईडाँडा स्याङ्जामा कोदालोको प्रहारबाट एक जनाको हत्या भएको छ ।
हरिनास गाँउपालिका वडा नं. ५ आईडाँडा बस्ने १४ बर्षिय शेर बहादुर थापाको शनिबार दिँउसो हत्या भएको हो । छिमेकीको हत्याको आरोपमा एक जना युवा पक्राउ परेका छन ।सोही स्थान बस्ने ३६ बर्षिय रेशम रानाले कोदालोले टाउकोमा हानेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको छ ।
आपसी विवादमा शेर बहादुर थापाको टाउकोमा कोदालोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । आरोपि रानाले मादक पदार्थ सेवन गरी सामान्य कुरामा थापाको हत्या गरेको र उनलाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।