स्याङ्जा २८ मंसिर ।
स्याङ्जामा नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ । नेविसंघ स्याङ्जाले आइतबार स्याङ्जाको सदरमुकाममा सरकारको गतिविधिको विरोध गर्दै सिठ्ठी जुलुस निकालेको हो ।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको सरकार भ्रष्टाचारमा डुबेको छ भन्दै विरोध गरिएको नेविसंघ स्याङ्जाको सभापती अजित क्षेत्रीले बताएका छन ।
त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको सिठ्ठी जुलुसमा सहभागीहरुले आरोप लगाएका छ्न ।
त्यस्तै नेविसंघका महामन्त्री युवराज पाण्डेले सरकारको गतिविधि लोकतन्त्र विरोधी भएकाले जुलुस निकालिएको जनाए । उनले सरकारले भ्रष्टाचारलाई संरक्षण गर्ने काम मात्र गरिरहेको छ र अबका दिनमा पनि सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
कार्यक्रममा नेविसंघ क्षेत्रिय सभापती बिज्ञान भण्डारि, सुनिल चापागाईं ,सबिन रेग्मी लगाएतले बोलेका थिए ।
नेपाली कांग्रेसले मङ्सिर २९ गते सोमबार सरकारको विरोध गर्दै देशभर प्रदर्शनको तयारी गरेको छ । मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।