वालिङ २३ मङ्सिर ।
नेपाली कागे्रस स्याङ्जा क्षेत्र नं. २ ले प्रतिनिधि सभामा निर्वाचित सांसद मोहन प्रसाद पाण्डेलाई स्वागत गरेको छ ।
कार्यबहाक जिल्ला सभापति कुमार रानाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सांसद मोहन पाण्डेले समृद्धि र लोकतन्त्र रक्षार्थ नेपाली कागे्रस एक हुनुको विकल्प नभएको बताएका छन ।
सांसद पाण्डेले भने कम्युनिष्ट पार्टीको अधिनायकबादलाई अन्त्य गर्न र लोकतन्त्रलाई मजबुद बनाउन कागे्रस सशक्त प्रतिपक्षको भुमिकामा उभिुनुपर्ने बताएका छन ।
सांसद पाण्डेले , ‘समग्र स्याङ्जाको विकास र समग्र देशको विकासका लागी संसदमा मेरो सशक्त भुमिका हुनेछ । समग्र जनताको आवाज संसदमा बुलन्द हुनेछ ।’
साथै सांसद पाण्डेले भने , ‘राजनितिक लडाँई सकिएर मुलुक विकासको पथमा हिड्यो की भनेको जंगलतिर विप्लव छन् । सडकमा राजबादी । दुई ठुला पार्टी कागे्रस र कम्युनिष्ट गम्भीर हुनुपर्ने समय आएको छ । कम्युनिष्ट र कागे्रस दुवै पार्टी मिलेर अगाडि बढ्नु नै देशका लागी राम्रो छ ।’ राजनितिक लडाँई अझै पनि देखिएको भन्दै अव ठुला पार्टी गम्भीर भएर लाग्नुपर्ने भन्दै कागे्रसलाई बलियो बनाउँन गाउँनगर, जिल्ला, प्रदेश र केन्द्र तहबाट मिलेर पार्टीलाई सशक्त र सुदृढ बनाउनुपर्ने सांसद पाण्डेले बताए। साथै सांसद पाण्डेले स्याङ्जा कागे्रँसलाई शसक्त बनाउनुपर्ने भन्दै आँफूले सामाजिक क्षेत्रमा खर्च गरेको विवरण स्याङ्जा पार्टीलाई सार्वजानिक गर्ने बताए ।
कार्यक्रममा कार्यबहाक सभापति कुमार रानाले जिल्लामा कागे्रसलाई एकढिक्का बनाउनुपर्ने भन्दै कार्यकर्तालाई जागरुक हुन आग्रह गरे । कागे्रसको संगठन हेर्न स्याङ्जा जाउँ भन्ने भनाईलाई सार्थकता दिँन जिल्लामा पार्टीलाई सुदृढ बनाउनुपर्ने कार्यबहाक सभापति रानाको भनाई छ ।
यस्तै संविधान सभा सदस्य राजु थापाले सहमति सहकार्य र एकता वाट मात्रै संगठन सुधारहुने वताउदै आगामी जिल्ला अधिवेशनमा सहमति वाट सर्वसम्मत नेतृत्व खोज्न आव्हान गरेका थिए ।
कार्यक्रममा संविधान सभा सांसद राजु थापा, महासमिति सदस्य भोजराज अर्याल, महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वति तिवारी, कागे्रस जिल्ला प्रवक्ता ईन्द्र गोदार, वालिङ नगरउपप्रमुख कल्पना तिवारी, लक्ष्मीप्रसाद रेग्मी, गुरुप्रसाद भट्टराई, विष्णु पौडेल, महेन्द्र श्रेष्ठ, लिलबहादुर रनपाल, महेश भट्टराई, युवराज पाण्डे, धनबहादुर थापा, तोयनाथ अर्याल, टिकाराम तिवारी, भिमलाल सुवेदी, महेन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।
क्षेत्रिय सभापति ईश्वर खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत अर्जुनप्रकाश अर्याल र सञ्चालन दामोदर लम्सालले गरेका थिए ।