गल्याङ-
महिला हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति ,समाज र सबैको एक्यवद्धता भन्ने नाराको साथ नेपाल महिला संघ गल्याङ नगर कार्यसमिती द्वरा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमकि प्रमुख अतिथी एवं नेपाली काङ्ग्रेस महिला बिभागकि केन्द्रिय सदस्य खगिसरा भन्डारिले भनिन्-‘हिंसा कसैले गर्नु हुँदैन । हिंसा सहिँदैन भनेर नै महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो ।’ दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा भण्डारिले जोड दिइन् ।
कार्यक्रममा महिला संघ तल्लो गल्याङ टोल कार्यसमितिकि नेपाल महिला संघ गल्याङ नगर सहसचिव साबित्रा ढकाल सभापती पुनम भुसाल,नेपाल तरुण दल नगर कोसादक्ष्य प्रतिमा भट्टराई ,नेपाली काङ्ग्रेस क्षेत्रीय सहसचिव भोला पाठक ,नेपाल शिक्षाक संघ गल्याङ नगर उपाध्यक्ष रुपा भुसाल ,नेपाल शिक्षाक संघ गल्याङ नगर सहसचिव विष्णु चापागाईं ,सरिता अधिकारी लगाएतले बोलेका थिए ।
नेपाल महिला संघ गल्याङ नगर सभापति सरस्वती भट्टराई को सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल महिला संघ वडा ३ को अध्यक्ष मन्द्रुपा खनालले गरेकी थिन भने कार्यक्रमको संचालन महिला संघ नगर सचिव कला बस्यालले गरेकी थिइन ।