तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर १०, ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको उद्घाटनको विषयलाई लिएर विरोध भएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको उक्त पुलको नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रिय युवा संघ नेपाल तनहुँले विरोध गरेको छ ।
प्रहरीले राष्ट्रिय युवा संघ तनहुँका संयोजक ईश्वर बस्यालसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।